
केशव कोइराला (ईमेज)
बर्दिया । राज्यका हरेक तहमा दलितहरुको सहज पहुँच गराउन बर्दियामा पहिलो पटक गेरुवा गाँउपालिकालाई छुवाछुत तथा भेदभाव मुक्त पालिका बनाउने अभियान सुरु गरिएको छ ।
दलित सेवा संघको प्रयासमा पालिकाका सबै वडामा दलित र गैरदलितबीच विभिन्न चरणमा छलफल गर्दै अभियानलाई अगाडी बढाइएको छ ।
राज्यका हरेक तहमा दलितहरुको सहज पहुँचका लागि जनचेतना तथा दबाब सिर्जना गर्ने उद्देश्यले बर्दियामा पहिलो पटक गेरुवा गाँउपालिकालाई छुवाछुत तथा भेदभाव मुक्त पालिका बनाउन अभियान सुरु गरिएको छ ।
दलित सेवा संघको प्रयासमा पालिकाका सबै वडामा दलित र गैरदलित बीच विभिन्न चरणमा छलफल गर्दै अभियानलाई अगाडी बढाइएको छ ।
राज्यका ऐन, कानूनमा व्यवस्था भएपनि व्यवहारमा लागु नभएकाले नीति तथा कार्यक्रमबाटै सम्बोधन गर्ने गरी अभियानकै रुपमा लागि परेको गाँउपालिकाका अध्यक्ष जमान सिंह केसी बताउनु हुन्छ ।
समाजमा व्याप्त विभेद हटाएर चेतना फैलाउन दलित– दलित तथा गैरदलित र दलित बिच छलफल गरि छुवाछुत अन्त्यका लागि प्रतिबद्ध गराउन यो अभियानले महत्वपूर्ण भुमिका खेल्ने दलित सेवा संघ बर्दियाका अध्यक्ष तारा बहादुर सुनारको भनाइ छ ।
छुवाछुत गर्न हुन्न भन्ने आफ्नो मान्यता रहेको र यसको अन्त्यका लागि होस्टेमा हैंसे भएर लाग्ने गेरुवा– १ थापापुरका स्थानीय बताउँछन् ।
बर्दिया जिल्लामा करिब ९ हजार घरधुरीमा ५० हजार दलित रहेको तथ्याङ छ । गेरुवा गाँउपालिकालाई छुवाछुत तथा भेदभाव मुक्त पालिका घोषणा गर्ने तयारी गरिरहँदा अन्य स्थानीय पालिकालाई पनि यो अभियानले सकारात्मक सन्देश दिनेछ ।
प्रतिक्रिया दिनुहोस्