
प्रकाश नेपाल (इमेज)
ईलाम । अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको नेपाली ढाका कपडा उत्पादन गर्ने पूर्वी नेपालका उद्योगहरु संकटमा परेका छन् ।
आधुनिक प्रविधि, स्थानीयस्तरमा कच्चापदार्थ उत्पादन नहुनु र ढाका बुन्ने कालिगढहरुको अभावले ढाका उद्योग संकटमा परेका हुन् ।
ढाका कपडा उत्पादन गर्ने पूर्वी नेपालका उद्योगहरु संकटमा परेका छन् । कपडा बनाउने कच्चापदार्थमा भारतीय बजारको निर्भर हुनुपर्ने अवस्थाले ढाका उद्योगहरु संकटमा परेका हुन् ।
अन्तराष्ट्रिय बजारमा ढाका कपडाको माग बढेपनि सहज रुपमा कच्चापदार्थ उपलब्ध नहुनु ढाका उद्योगको मुख्य समस्या हो ।
स्थानीय स्तरमै कच्चापदार्थ उत्पादन नहुँदा कपडा बुन्ने बुनकरहरुले पनि परम्परागत पेशाबाट विस्थापित हुँदै आएका छन् ।
पूर्वी नेपालको इलाम, पाँचथर र तेह्रथुम जिल्लामा ढाका कपडाको व्यवसायीक उत्पादन हुँदै आएको छ ।
भारतीय बजारबाट ल्याएको कच्चापदार्थ महङ्गो हुनु, अन्तराष्ट्रिय बजारमा ढाका कपडाको आफ्नै लोगो नहुनु र बनुकरको अभावले गर्दा ढाका उद्योगहरु संकटमा परेको उद्योगी बताउँछन् ।
ढाकाको कच्चापदार्थ र बुनकर अभावका कारण ढाका उद्योग संकटमा परेको तेह्रथुमका उद्योगी बताउँछन् ।
प्रदेश नम्बर एकका १४ जिल्लामध्ये सबैभन्दा बढी तेह्रथुममा ढाका कपडाको उत्पादन हुँदै आएको छ ।
तेह्रथुमका प्रत्येक घरमा २ देखि ७ वटासम्म तान राखेर ढाका कपडा बुन्ने गरिन्छ । सरकारले निर्यातजन्य उद्योगमा राखेपनि परम्परागत रुपमा संचालित ढाका उद्योग आधुनिकिकरण गर्न सरकारी कार्यक्रम पर्याप्त छैन ।
भारत, सिंगापुर हंङकङ्ग, बेलायत, जापान लगायतका देशमा निर्यात हुने ढाका कपडा उत्पादनका आधुनिक प्रविधिसँगै ग्रामीण क्षेत्रमा तालिम आयोजना गर्नुपर्ने उद्योगीको माग छ ।
ढाका व्यवसायी गीता गुरुङका अनुसार कोरोनाका कारण ढाका उद्योग ठप्प भएका छन् ।
१० वर्ष अघि गरिएको अध्ययन अनुसार नेपालका ३६ जिल्लामा ढाका उद्योग संचालन भइ एक लाख बढी महिलाले रोजगारी पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्