
एजेन्सी । अमेरिकामा कोरोना भाइरसविरुद्ध जोन्सन एण्ड जोन्सनको खोप पनि आविस्कार गरिएको छ ।
एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कारोना विरुद्धको खोपलाई सर्वासाधारणको प्रयोगका लागि केही दिनमै स्वीकृति प्रदान गर्ने बताइएको छ । गएको जनवरीमा मानवीय परीक्षणको नतिजा सार्वजनिक गरेको जोन्सन एण्ड जोन्सनको यो खोप सुरक्षित र प्रभावकारी रहेको अमेरिकी नियामक निकायले जनाएको छ ।
यसअघि स्वीकृति पाएका फाइजर र मोडर्नाको खोप अहिले सर्वसाधारणलाई लगाउने क्रम जारी छ । फाइजर र मोडर्नाको खोप दुई डोज लगाउनु पर्छ भने अहिले स्वीकृति पाउने जोन्सन एण्ड जोन्सनको खोप भने एक डोज मात्रै लगाए पुग्नेछ ।
फाइजर र मोडर्नाको भन्दा जोन्सन एण्ड जोन्सनको खोप खर्च र भण्डारणका हिसाबले पनि किफायती देखिएको छ । यो खोप सामान्य रेफ्रिजिरेटरमा पनि भण्डारण गर्न मिल्ने बताइएको छ । रोकथामका लागि खोपको प्रभावकारिता ६६ प्रतिशत देखिएको जनाइएको छ ।
यो खोप संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन ८५ प्रतिशत तथा समग्रमा ६६ प्रतिशत प्रभावकारी देखिएको जनाइएको हो । यो खोपलाई स्वीकृति प्रदान गर्ने विषयमा शुक्रबार एफडिएका विज्ञहरु बैठक बस्दैछन् ।
प्रतिक्रिया दिनुहोस्