१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दिनमै १५ जना विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द


0
Shares

डीबी विष्ट
बझाङ । विद्यार्थी बिरामी पर्न थालेपछि बझाङको साइपाल गाँउपालिका–४ को धुली निन्न माध्यमिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।

विद्यार्थीहरूमा रुघाखोकी, ज्वरो, घाँटी सुख्खा हुने जस्ता लक्षण देखा पर्न थालेपछि विद्यालय आगामी आइतबारसम्मका लागि बन्द गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले जानकारी दिनुभयो ।

एकै दिन १५–२० जना विद्यार्थी बिरामी पर्न थालेको र त्यस्तै लक्षण देखिएका मानिसहरू समुदायमा पनि देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । विद्यार्थी र शिक्षक मात्र नभएर समुदायका व्यक्तिमा पनि समस्या देखिए पछि विद्याय बन्द गरिएको अध्यक्ष धामीले बताउनुभयो ।

स्वास्थ्य समस्याको जानकारी पाएपछि साइपाल गाँउपालिकाले स्वास्थ्यकर्मीको टोली पठाइसकेको गाँउपालिकाका अध्यक्ष धामीले बताउनुभयो । केही दिन अघि साइपाल १ र २ मा समेत समस्या देखिएको र अहिले निको भइसकेको उहाँको भनाइ छ ।