
एजेन्सी । भारत र पाकिस्तानका सेनाबीच सीमाक्षेत्रमा गोली हानाहान रोक्ने सहमति भएको छ ।
केही दिनयता दुई देशबीचको सीमा क्षेत्रमा दुवैतर्फकासेनाले गोली हानाहान गरेका थिए । वार्तामा दुवै पक्ष फेब्रुअरी २४ देखि सीमाक्षेत्रमा गोली हानाहान रोक्न सहमत भएको बीबीसीले जनाएको छ ।
दुवै देशका सेनाका डीजीएमओबीच हटलाइनमार्फत वार्ता भएको समाचारमा उल्ले छ । दुवै देशबाट सीमामा लगातार गोली हानाहान भएपछि वार्ता भएको थियो ।
वार्तापछि जारी संयुक्त वक्तव्यमा दुवै पक्षले सीमारेखा र अन्य क्षेत्रमा पूर्वसहमति, आपसी समझदारी र युद्धविरामलाई पूर्ण रूपमा पालना गर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्