
एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत आज १६ खेल हुँदैछ ।
अन्तिम ३२ को दोस्रो लेगमा इंग्लिस क्लब आर्सनलले बेन्फिकासँग खेल्दैछ । आर्सनलले ग्रीसको एथेन्समा पोर्चुगिज क्लबसँग खेल्न लागेको हो ।
आर्सनल र बेन्फिकाबीचको खेल राति ११ः४० बजे सुरु हुनेछ । दुवै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्न चाहन्छन् ।
यस्तै बिहीबार राति नै हुने अर्को खेलमा म्यानचेस्टर युनाइटेडले रियल सोसिडाडसँग खेल्नेछ । लेष्टर सिटीले स्लाभियासँग भिड्दा रोमाले ब्रागासँग प्रतिस्पर्धा गर्नेछ ।
राति नै एसी मिलानले एफके क्रभेना तथा नापोलीले ग्रानडासँग भिड्दैछ ।


प्रतिक्रिया दिनुहोस्