
चितवन, असोज ६ । चितवनमा १० हजारभन्दा बढी बिरामीले डेंगीको परीक्षण गराएका छन् ।
गएको साउनयता अहिलेसम्म १० हजार ४२ जनाले चितवनका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा डेंगीको परीक्षण गराएका हुन् ।
परीक्षण गराएकामध्ये तीन हजार १३८ जनामा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसी ले जानकारी दिए ।
संक्रमितमध्ये चितवनका दुई हजार ३९० जना, नवलपुरका ३२२ जना, मकवानपुरका ६१ जना र अरु जिल्लाका ३६५ जना रहेका छन् ।
भरतपुर महानगरपालिकामा सबैभन्दा बढी दुई हजार ८४ जनामा डेंगी भेटिएको भेक्टर निरीक्षक केसीले बताए ।
यस्तै, रत्ननगर नगरपालिकाका १३७ जना , खैरहनी नगरपालिकाका ४७, राप्तीका २८, कालिकाका ३०, माडीका ४८ र इच्छाकामना गाउँपालिकाका १६ जनामा डेंगी देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्