
काठमाडौं । नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमले चीन र भारतका राजदूतहरु पनि सक्रिय भएका छन् ।
सर्वोच्च अदालतले संसद पुनस्थापना गरेसँगैं भारतीय राजदुत विनय मोहन क्वात्रा र चीनकी राजदूत होउ यान्छी सक्रिय भएका हुन् ।
उनीहरुले बिहीबार काँग्रेस सभापति शेर बहादुर देउवालाई भेटेका छन् । देउवा निवास बूढानिलकण्ठमा पुगेर दुवै राजदूतले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल गरेको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नु भएको थियो । उक्त असंवैधानिक कदमलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको हो ।
हिजो नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल पनि देउवा निवास पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्