१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लेस्टर सिटी र नापोलीको खराब प्रदर्शन


0
Shares

काठमाडौं । लेस्टर सिटी युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरिएको छ । गयराति भएको दोस्रो लेगमा लेस्टर सिटी स्लाभिया प्रहासँग २ शुन्यले हार्यो ।

पहिलो लेग गोलरहित बराबरी खेलेको लेस्टरले दोस्रो लेगमा २ शुन्यको हार बेहोरेसँगै लिगबाट बाहिरिन बाध्य भयो । यता नापोली पनि युरोपा लिगबाट बाहिरिएको छ ।

गयराति भएको अन्तिम ३२ को दोस्रो लेग सकिदा नापालो ग्रानाडासँग २–३ ले हार्यो । घरेलु मैदानमा भएको पहिलो लेगमा २–१ को जित निकालेको नापोली ग्रानाडाको मैदानमा २ शून्यले हार्यो ।

जसको परिणाम नापोली युरोपा लिगबाट बारिरिन बाध्य भयो । यता म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गयराति भएको अन्तिम ३२ को दोस्रो लेगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेलेको युनाईटेड समग्रमा ४–० को जितसहित अन्तिम १६ मा पुगेको हो ।

पहिलो लेगमा फराकिलो जित निकालेको युनाईटेडले दोस्रो लेगमा भने गोल गर्न सकेन । पहिलो लेगमा निकालेको ४ शुन्यको जितले युनाईटेड प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो ।

एजेन्सी