
काठमाडौं । सामुहिक बलात्कारको अभियोगमा फरार अभियुक्तलाई भारतमा २२ बर्षपछी पक्राउ गरिएको छ ।
भारतको उडिसामा सन् १९९९ मा भएको सामुहिक बलात्कार अभियोगमा फरार रहेका बिबेकानन्द बिश्वाल २२ बर्षपछी पक्राउ परेका हुन् ।
भारतको महाराष्ट्रको पुणे जिल्लामा रहेको आफनै घरबाट उनी पक्राउ परेका हुन् । सुरक्षाकमीहरुको टोली देख्नेबितिकै भाग्न खोजेका उनलाई घेरा हाली पक्राउ गरिएको हो ।
सन् १९९९ मा उडिसाको भुबानेश्वर क्षेत्रमा साथीसंग कारमा सवार एक महिलालाई ती अभियुक्तसहित अन्य दुई जनाले कार कब्जामा लिई सडकबाट केही पर लगि सामुहिक बलात्कार गरका थिए ।
ती महिलाको साथमा रहेका ड्राइभर र साथीलाई मरणासन्न हुने गरी कुटपिट गरी उनीहरु फरार भएका थिए । घटनाको केही दिनमा दुईजना अभियुक्तलाई पक्राउ गरिएको थियो ।
जन्मकैदको सजायँ सुनाइएका दुइजना मध्ये एकजना अहिलेपनि कारागारमा रहेका छने भने एकजनाको कारागारमा नै मृत्यु भइसकेको छ ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्