
काठमाडौं, फागुन १४ । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।
अचनाक स्वास्थ्यमा समस्या देखिएपछि गएराति नै वीर अस्पताल लगिएको उहाँलाई मस्तिष्कघात भएको बताइएपछि थप उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो ।
नेता जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरी मष्तिष्कमा जमेको रगत निकालिएको छ ।
हाल उहाँको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको विद्यार्थी नेता यूपी लामिछानेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्