
काठमाडौं । सम्राट न्यौपानेको ‘चालिसे’मा गीत सार्वजनिक भएको छ ।
अनन्त कश्यप घिमिरेको शब्द र सम्राट न्यौपानेको आवाजमा रहेको गीतको एरेन्जमेन्ट गायक सम्राट आफैले गर्नु भएको छ ।
गीतमा पछिल्लो समय अत्यन्त रुचाईएका कलाकार बुद्धि तामाङ, नायिका वर्षा शिवाकोटी, सौरभ न्यौपाने र सुशीला थापाको अभिनय रहेको छ।
गीतको डिरेक्सन सौरभ न्यौपानेले गर्नु भएको छ, भने छायांकन पवन शुशलिङले गर्नुभएको छ ।
चर्चित कलाकार समेटेर निर्माण गरिएको गीतको भिडियोमा बर्षा शिवाकोटी आफ्नो प्रेमी छाडेर चालीस कटेका बुद्धि तामाङको पछि लागेको प्रेम कथालाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्