
एजेन्सी । बलिउड नायिका दीपिका पादुकोण सधैँ आफ्नो फ्यानहरूसँग घुलमिल गर्न रुचाउँछिन् ।
कहिलेकहिँ उनी फ्यानसँग नजिकै गएर समेत अन्तर्क्रिया गर्ने गर्छिन् । उनको यस्तो बानीले कहिलेकाहिँ उनकै लागि असहज स्थिति पैदा गर्ने गरेको छ ।
अहिले सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा एक महिलाले टिश्यु बेच्ने बहानाले दीपिकाको पर्स तान्ने कोसिस गरेकी थिइन् । दीपिकाले पनि घटनाको विरोध गरेकी छन् ।
मुम्बईको खारस्थित एक रेस्टुरेन्टमा देखिएकी दीपिकालाई फ्यानले घेरेका थिए । निस्कनेबित्तिकै खुसी देखिएकी उनलाई फ्यानहरूले पनि स्वागत गरे ।
स्वागतपछि गाडीमा बस्ने लागेकी दीपिकाको अचानक कसैले तानेजस्तो लाग्यो । पछाडि फर्केर हेर्दा एक महिलाले उनको पर्स तान्ने कोसिस गरेकी थिइन् । यद्यपि महिलाले पर्स तान्न सकिनन् र दीपिकाको बडिगार्डले त्यहाँको अवस्था सम्हालेका थिए ।
दीपिका पादुकोण अब छिट्टै फिल्म ‘८३’ मार्फत पर्दामा देखिन लागेकी छन् । फिल्ममा उनका पति रण्वीर सिंह पनि देखिने छन् । फिल्ममा रणवीर भारतीय क्रिकेट टीमका पूर्वकप्तान कपिल देवको भूमिकामा देखिन लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्