२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुपाल्चोकमा रक क्लाइम्बिङ्ग सुरु, कृतिम झरना पनि बनाइने


0
Shares

सिन्धुपाल्चोक । पााँचपोखरी थाङपाल गाँउपालिकामा रक क्लाइम्बिङ्ग सुरु भएको छ ।

गाँउपालिकाको छिम्ती भीरमा रक क्लाइम्बिङ्ग सुरु गरिएको हो । पर्यटन प्रवर्द्धनका लागि रक क्लाइम्बिङ्ग सुरु गरेको वडा अध्यक्ष ङिमा छिरिङ्ग तामाङले बताउनुभयो ।

रक क्लाइम्बिङ्ग र कृतिम झरनालगायतका योजना एकै ठाँउमा भएको एसियाकै पहिलो स्थान भएको वडा अध्यक्ष तामाङको दाबी छ ।

पाँचपोखरी पदमार्गमा पर्ने जुगल रेन्जका हिमाल र गाङ्गछोङम्बा हिमालको दृश्यावलोकन गर्न सकिने सो स्थानमा तीनवटै योजनाहरूको एकैपटक सुरुवात गरिएको हो । पहिलो दिन स्थानीयलेसमेत रक क्लाइम्बिङ्ग गरेका थिए ।