१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीद्वारा प्रमुख सचेतकमा देव गुरुङ हटाएर विशाल भट्टराई नियुक्त


0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउनुभएको छ ।

शुक्रबार बालुवाटारमा भएको प्रदेश १ सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतक पदबाट गुरुङलाई हटाउनुभएको हो ।

ओलीले गुरुङको स्थानमा आफ्नो समूहका विशाल भट्टराईले प्रमुख सचेतक नियुक्त गर्नुभएको छ ।

प्रतिनिसभा पुनःस्थापनापछि सरकार फेरिने चर्चा चलिरहँदा ओलीले दाहाल–नेपाल खेमाका देव गुरुङलाई प्रमुख सचेतक पदबाट हटाउनुभएको हो ।