
काठमाडौं । अपाङ्गता भएका व्यक्तिका लागि अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरणसम्बन्धी हाते पुस्तिका र निर्देशिका बिमोचन गरिएको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर युएसएआईडी र तयार नेपालको सहयोगमा अतुल्य फाउण्डेसनको सहयोगमा बनेको अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी उक्त हातेपुस्तिका र निर्देशिका बिमोचन गरिएको हो ।
हातेपुस्तिका र यसको ब्रेल प्रकाशनलाई युएसएआईडी र तयार नेपालका परीयोजना प्रमुख तामी ह्यारीस र राष्ट्रिय अपांङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो ।
सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि लक्षित गरी ल्याइएको निर्देशिका सबैका लागि फलदायी हुने अपेक्षा गरिएको छ । हातेपुस्तिकामा उल्लेख भएका बिषयहरू राष्ट्रिय अपांङ्ग महासंघ नेपालले प्रदान गर्ने आगामी तालिम कार्यक्रममा एक सत्र राखिने विश्वास समेत आयोजकले गरेको छ ।
हाते पुस्तकले, अपांङ्गता भएका व्यक्तिहरूलाई विपद्को बेलामा कसरी जोगिने भन्ने मार्गनिर्देशन गर्ने प्रकाशकले जनाएको छ । हातेपुस्तिका र निर्देशिका नेपालमा अपाङ्गता समावेशी विपद् व्यवस्थापनको इतिहासमै पहिलो भएको उनीहरूको दावी छ ।
अपांङ्गता समावेशी विपद् जोखिम न्यूनीकरण विज्ञहरू डा. बिरेन्द्रराज पोखरेल, डा. मिन बहादुर पौडेल क्षेत्री र डा. राजु थापाले तयार पार्नु भएको खेस्रा हातेपुस्तिका र निर्देशिकालाई तीन चरण सरोकारवालाहरूसँग विस्तृत छलफल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्