पेरुले ब्राजिललाई हरायो, मेक्सिकोको पोस्टमा अर्जेन्टिनाको ४ गोल

news

काठमाडौं, भदौ २५ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेरुले ब्राजिललाई हराएको छ ।

बुधबार बिहान पेरुमा सम्पन्न खेलमा घरेलु टोली १–० ले विजयी भयो ।

खेलमा पेरुका लागि लुइस अब्राहमले ८४औं मिनेटमा निर्णायक गोल गरे ।

अर्जेन्टिनाको शानदार जित

मैत्रीपूर्ण फुटबलकै अर्को खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई ४–० ले हरायो ।

अर्जेन्टिनाको जितमा लौतारो मार्टिनेजले ‘ह्याट्रिक’ गर्दा ड्यानियल पारादेजले एक गोल थपे ।

उरुग्वे र अमेरिका बराबरी

यस्तै, उरुग्वे र अमेरिकाले १–१ गोलको बराबरी खेलेका छन् ।

खेलमा पाहुना टोली उरुग्वेका ब्रायन रोड्रिग्वेजले पहिलो गोल गरे पनि अमेरिकाका जोर्डन मोरिसले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...