
काठमाडौं । भूकम्पले क्षतिग्रस्त भई पुनःनिर्माण सम्पन्न भएको दरबार हाई स्कूलको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निरीक्षण गर्नु भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायतले स्कुलको निरीक्षण गर्नु भएको हो ।
चिनियाँ नयाँ वर्षका अवसरमा शुक्रबार आयोजित निरीक्षण कार्यक्रममा उहाँहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक, स्वास्थ्य र खेलकूद सामग्री हस्तान्तरण गर्नु भएको थियो । भूकम्पले भत्किएको दरबार हाई स्कूल चीन सरकारको रु ८५ करोड अनुदान सहयोगमा पुनःनिर्माण सम्पन्न भएको थियो ।
चार तलाको विद्यालय भवनमा ४२ कोठा छन् । ‘फाएर फाइटिङ’, ‘सेक्युरिटी’, पुस्तकालय, प्रयोगशालाको व्यवस्थासमेत भवनमा रहेको छ । भवनमा भानु र संस्कृत माध्यमिक विद्यालय गरी दुई विद्यालय सञ्चालन भइरहेका छन् । भने विद्यालयको साँचो काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्