२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


कांग्रेस नेता जोशीको दायाँ भाग चल्न थाल्यो, स्वास्थ्यमा सुधार


0
Shares

काठमाडौं । कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा सुधार भएको छ । नर्भिक अस्पतालका डा.राजिव झाका अनुसार जोशीका दाहिने तिरको हातखुट्टा चल्न थालेको महशुस गरिएको छ ।

हिजो देखि स्वास्थ्यमा गम्भीर समस्या भएर अस्पताल पुर्याइएका जोशीको श्वावप्रश्वासमा सुधार आएको झाले जानकारी दिनुभयो ।

‘जोशीको शरीरको दायाँ भाग सुस्तरी चलेको महशुस भएको छ’, डा. झाले भन्नुभयो, ‘सुस्त गतिमा श्वासप्रश्वास पनि हुन थालेको छ ।’

अब उहाँको स्वास्थ्यमा क्रमिक सुधार हुँदै जाने झाले बताउनुभयो । जोशी प्राकृतिक रुपमा अहिले पनि कोमामै हुनुहुन्छ ।

जोशीलाई बिहीबार राति १२ बजेतिर बाँया शरीरमा समस्या देखिएको थियो।

राति परिवारले वीर अस्पताल पुर्याइएकोमा चिकित्सकले जोशीलाई नर्भिक अस्पताल रिफर गरेका थिए । नर्भिक अस्पतालमा टाउकोको सामान्य शल्यक्रिया पछि जोशीको स्वास्थ्य स्थिर रहेको थियो ।