
काठमाडौं । संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिले नेपालसहित तीन मुलुकलाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।
नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् । अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको लागि कमिटीले अवधि ३ वर्षको दिने निर्णय गरेको थियो ।
तर यसपटक कोभिड–१९ का कारण थप समय आवश्यक पर्ने भन्दै नेपालले अनुरोध गरेपछि कमिटीले ५ वर्षको तयारी समय दिने निर्णय गरेको हो । यसअनुसार नेपालको स्तरोन्नति सन् २०२६ बाट लागू हुनेछ ।
कमिटीले पछिल्लो ५ दिनमा प्रतिव्यक्ति आय, मानव पुँजी सूचक र आर्थिक तथा वातावरणीय जोखिम सूचकको मूल्यांकन गरेको थियो । नेपालले सन् २०१५ मा नै स्तरोन्नतिको लागि आवश्यक न्यूनतम शर्त पूरा गरेको थियो । अहिले स्तरोन्नतिका लागि सिफारिस भएका मुलुकले सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नु पर्ने सुविधासमेत दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्