
म्याग्दी । उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटलाई कटानबाट जोगाउनका लागि नदीजन्य वस्तुहरूको स्थानान्तरण गर्न सुरु गरिएको छ ।
नदीको धार परिवर्तन गरी नदीजन्य वस्तुहरूलाई बगरफाँटतर्फ स्थानान्तरण गर्दै ग्याविन जाली लगाउन लागिएको हो ।
२०५७ सालमा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तर रुपमा नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि नियन्त्रणको प्रयास गरिएको भए पनि त्यो प्रभावकारी हुन सकेको छैन ।
यसअघि गत जेठमा गण्डकी प्रदेश सरकारको ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बाङ्गेघरासम्म करिब २ किलोमिटर क्षेत्रमा ग्याविन जाली भरेर तटबन्ध गरिएको थियो ।
तर वर्षामा म्याग्दी नदीमा आएको बाढीले ग्याविन जाली बगाए पछि पुनः समस्या भएको हो । ग्याविन जाली लगाइ वस्ती संरक्षणका लागि यस वर्ष २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
नदीले बगरफाँटको करिब १ सय ५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइ सकेको छ भने खहरेखोला, हरिहर शिव मन्दिर क्षेत्र, पलासे र जरुवा क्षेत्र उच्च जोखिममा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्