१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एउटी छोरीको ज्यान बचाउन बुवाआमाले १० हजारमा बेचे अर्की छोरी


0
Shares

एजेन्सी । कुनै पनि बुवाआमाका लागि उसका हरेक सन्तानको समान महत्व हुन्छ, तर गरीबीको अगाडि मानिसहरू लाचार बन्ने गर्छन् । भारतको आन्द्र प्रदेशमा एक परिवारले आफ्नो १६ वर्षीया छोरीको उपचारका लागि १२ वर्षीया छोरीलाई बेचिदिएका छन् ।

आन्ध्र प्रदेशको नेल्लोरमा दैनिक मजदुरी गरेर परिवार पालिरहेका एक जोडीले आफ्नी १६ वर्षीया छोरीको उपचार गर्न पैसा नभएपछि १२ वर्षीया कान्छी छोरी बेचिदिएको आजतकले जनाएको छ । दम्पतीले छोरीलाई १० हजार रुपैयाँमा बेचेको समाचार उल्लेख छ । चिन्न सुब्बैया नाम गरेका युवकले युवती किनेर विवाह गरेका थिए ।

सुब्बैयाले यसअघि पनि १६ वर्षीया छोरीको विवाह आफूसँग गरिदिन गरीब दम्पतीसँग आग्रह गरेको थियो । तर उनीहरुले मानिरहेको थिएनन् । अहिले भने जेठी छोरीको जीन्दगी बचाउनकै लागि उनीहरुले छोरीलाई १० हजार रुपैयाँमा बेचेको समाचार उल्लेख छ ।

सुब्बैयाको घरमा रोएको र चिच्याएको आवाज आएपछि स्थानीय जम्मा भएका थिए । उनीहरुले स्थानीय सरपञ्चलाई बोलाए र उनीहरुले बालविकास सेवा अधिकारीलाई बोलाएर बालिकको जिम्मा लगाएका थिए । सुब्बैया विरुद्ध प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

महिला तथा बाल कल्याण विभागले बालिकालाई बचाएपछि घटना सार्वजनिक भएको हो । बालिकालाई बाल स्याहार केन्द्रमा पठाइएको छ ।