
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चालनमा आएको एक वर्षपछि पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नुहुने भएको छ ।
सन् २०२० बाट बिर्तामोडमा सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालको निर्माणकार्य सम्पन्न भएसँगै फागुन १८ गते औपचारिक उद्घाटन गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी दिनुभयो ।
अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा, पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, संविधान सभाका सभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वमन्त्री महेश बस्नेत सहित कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, मनिषा कोइराला लगायतका नेता तथा कलाकार सहभागी हुने जानकारी दिइएको छ ।
शनिबार भएको पत्रकार सम्मेलनमा ३ सय शय्याको अस्पताल करिब ६ अर्बको लागतमा बनेको निर्देशक प्रसाईंले बताउनुभयो । सबै किसिमको क्यान्सरको उपचार गर्ने उद्देश्यले अस्पतालमा सम्पूर्ण उपकरण जडान गरिएको उहाँको भनाइ छ । पूर्वाञ्चल क्यान्सर अस्पताललाई दक्षिण पूर्वी एसियाकै नमूना क्यान्सर अस्पताल बनाउन उहाँको योजना छ ।
पूर्वका क्यान्सर रोगीहरुलाई मध्यनजर गर्दै सञ्चालनमा आएको अस्पतालमा पूर्वका जिल्ला सहित छिमेकी मुलुक भारतबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्