२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


नेकपा विवाद छिट्टै टुङ्गो लगाउने निर्वाचन आयोगको भनाइ


0
Shares

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै टुङ्गो लगाउने जनाएको छ ।

विवाद समाधानका लागि विभिन्न निकायसँग छलफल भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि थप छलफल आवश्यक परेकाले केही दिनमै विवादको निरुपण हुने जानकारी दिनुभयो ।

निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्नुपर्ने समयको चाप सर्वोच्च अदालतको निर्णयबाट हटेपछि समयका हिसाबले केही सहजता भएको भन्दै प्रवक्ता श्रेष्ठले आयोगले नेकपा विवाद छिट्टै टुङ्गाउने दावी गर्नुभयो ।