२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


१ करोड २० लाखको उपकरण र स्वास्थ्य सामग्री हस्तान्तरण


0
Shares

बर्दिया । विराट नेपाल मेडिकल ट्रष्टले बर्दियाका स्वास्थ्य संस्थालाई अत्याधुनिक उपकरण सहयोग गरेको छ । शनिबार एक कार्यक्रमकाबीच ट्रस्टले १ करोड २० लाख रुपैयाँ बराबरको अत्याधुनिक उपकरण र स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

ट्रष्टले क्षयरोग परीक्षण गर्ने दुई थान जिन एक्सपर्ट मेसिनसहित स्वास्थ्य सामग्री प्रदान गरेको हो । जिन एक्सपर्ट मेसिन नेउलापुर स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र राजापुरलाई हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरिले जानकारी दिनुभयो ।

पछिल्लो समय जीर्ण क्षयरोगी पत्ता लगाउन समस्या भइरहेको अवस्थामा एक्सपर्ट मेसिन निकै प्रभावकारी हुने बताइएको छ । एक्सपर्ट मेसिनबाट परिक्षण गर्दा कम भन्दा कम व्याक्टेरीया पत्ता लगाउन सकिने स्वास्थ्यकर्मीको भनाइ छ ।