१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थप ८१ जना कोरोना संक्रमित, २ जनाको ज्यान गयो


0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

२ हजार आठ सय २४ जनामा पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रतिको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४८ जना निको भएका छन् । अहिलेसम्म नेपालमा दुई लाख ७० हजार तीन सय २५ जना संक्रमण मुक्त भएका छन् ।

त्यसैगरी संक्रमणका कारण थप दुई जनाको ज्यान गएको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ सय ७३ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले ९ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् ।