२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनको ठूलो सफलता


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गर्नुभएको करीब २ खर्ब बराबरको कोरोना राहत प्याकेज तल्लो सदनले अनुमोदन गरेको छ ।

यसलाई राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडनको सबै भन्दा ठूलो सफलता भनिएको छ । राहत प्याकेज पारित भएसँगै भ्याक्सिन र औषधिजन्य सामग्रीको लागि भुक्तान र साना व्यवसाय, स्थानीय सरकारहरूलाई आपतकालीन आर्थिक सहायता उपलब्ध गराउने बाटो खुला भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा करिब ५ लाख व्यक्तिको मृत्यु भएको छ भने लाखौँ बेरोजगार भएसंगै आर्थिक संकट देखा परेको छ । त्यसैले पनि यो राहत प्याकेजलाई आर्थिक संकटको न्यूनीकरणको लागि महत्वपूर्ण हुने बताइएको छ ।

डेमोक्रेटिक पार्टीका सांसदहरूले अमेरिकाको माहामारीसंग लड्नको लागि राहत प्याकेज आवश्यक रहेको बताएका छन् । रिपब्लिकन पार्टीका नेताहरूले भने यो प्याकेजको धेरैजसो शीर्षक तत्कालका लागि अनावश्यक रहेको दाबी गरेका छन् ।

सभामुख न्यान्सी पेलोसीले पारित राहत प्याकेजको ९ प्रतिशत मात्र कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रयोग हुने बताउनुभएको छ ।