
काठमाडौं । नेपाल गणित समाजले सरकारले गणित विषयलाई प्राथमिकतामा नराखेको गुनासो गरेको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रमका वक्ताहरूले सरकारले वेवास्ता गरे पनि गणित क्षेत्रमा दक्षिण एशियामा शीर्ष तीनमा नेपाल पर्नेे दाबी गरे ।
समाजले चैत २७ गते देखि २९ गतेसम्म अन्तराष्ट्रिय गणित सम्मेलन गर्ने पनि जनाएको छ । गत जेठ महिनामा गर्ने तय भएको सम्मेलन कोभिड जोखिमका कारणले स्थगित गरिएकोमा अब भर्चुअल माध्यमबाट गरिने छ ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ साइन्सका डिन प्राध्यापक डाक्टर कनैया झाले सरकारले शैक्षिक क्षेत्रमा विज्ञहरूको सुझाव लिनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक पहुँचका आधारमा विज्ञहरुलाई अवसर दिएकोसमेत आरोप लगाउनुभयो ।
अन्तर्राष्ट्रिय गणित सम्मलेनका लागि हालसम्म २० वटा देशहरूबाट गणितज्ञ तथा अनुसन्धानकर्ताहरूले शोथकार्य प्रस्तुतिका लागि आवेदन दिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्