५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नाइजेरियामा २७ विद्यार्थीसहित ४२ जना अपहरणमुक्त, अझै ३ सय ३७ जनाको अवस्था अज्ञात


0
Shares

एजेन्सी । नाइजेरियामा शनिबार अपहरणमा परेका मध्ये २७ विद्यार्थीसहित ४२ जनालाई अपहरणमुक्त गरिएको छ ।

नाइजर प्रान्तका गभर्नर अबु–बकर सानी बेलोका अनुसार दश दिन अघि अपहरणमा परेका मध्ये ४२ जनालाई रिहा गरेको हो । गत हप्ता एक विद्यालयका २७ विद्यार्थी, १२ जना अभिभावक र स्कुलका कर्मचारीहरूको अपहरण भएको त्यहाँको स्थानीय प्रशासनले पुष्टि गरेको छ ।

यद्यपि नाइजेरियाको उत्तरी क्षेत्रबाट अपहरणमा परेका ३ सय ३७ छात्राहरूको अवस्था अझै अज्ञात रहेको बताइएको छ । उनीहरूको खोजी कार्य तीव्र पारेको र यसका लागि दुई वटा हेलिकोप्टर प्रयोग गरिएको प्रहरीले जनाएको छ । अपहरणमा परेकाहरू १२ देखि १६ वर्ष उमेर समूहका छन् ।

विद्यार्थीहरू अपहरणमा परेपछि देशभरका विद्यालय केही समयका लागि बन्द गरिएको छ । अहिलेसम्म कुनै पनि संगठनले अपहरणको जिम्मा लिएको छैन । यसअघि सन् २०१४ मा पनि इस्लामिक चरमपन्थी संगठन बोको हरामले २ सय ७६ स्कुले छात्राहरूको अपहरण गरेको थियो ।