१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकार कामचलाउ थियो, पुनःस्थापनापछि झन् बलियो भयो– नेम्वाङ


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा पुर्नस्थापनापछि सरकार झन् बलियो भएको जिकिर गर्नुभएको छ ।

नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता नेम्वाङले प्रतिनिधिसभा विघटनसँगै काम चलाउ भएको सरकार पुर्नस्थापनापछि थप बलियो भएको जिकिर गर्नुभएको हो ।

ओली निकट नेता नेम्वाङले सरकार दह्रो भएसँगै सरकारलाई काम चलाउ भन्नेहरूलाई अप्ठ्यारो परेको भन्दै व्यङ्ग्य गर्नुभयो । उहाँले जनतामा जाने प्रधानमन्त्रीको निर्णय लोकतन्त्र सम्मत भए पनि प्रतिनिधिसभा पुर्नस्थापनासँगै फेरि संसदमा फर्किएको सम्बन्धमा चिन्ता गर्नुपर्ने आवश्यक नभएको टिप्पणी गर्नुभयो ।

प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चर्चा भए पनि सरकारले जनुसुकै प्रस्तावको सामना गर्ने स्पष्ट पार्नुभयो । अविश्वासको प्रस्ताव फेल भए सरकार फेरि एक वर्ष चल्ने भएकाले विपक्षीहरूलाई प्रस्ताव ल्याउन डर लागेको नेम्वाङको दावी छ ।