१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सहिद स्मारक ‘बी’ डिभिजन लिगः दुवै खेल गोलरहित बराबरी


0
Shares

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत शनिबार भएका दुई खेल गोल रहित बराबरीमा सकिएका छन् ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले श्री भगवती क्लबसँग र दोस्रो खेलमा तालिकाको तेस्रो स्थानमा रहेको बाँसबारी क्लब श्री कुमारी क्लबसँग गोलरहित बराबरीमा खेलेका हुन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बाँसबारीले थुप्रै अवसरको सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउनुप¥यो । ७ खेलबाट ७ अंक जोडेको श्री कुमारी क्लबसँग बराबरी रोकिँदा बासँसबारीले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । बाँसबारीको समान ७ खेलबाट १५ अंक भएको छ ।

अपराजित सातदोबाटो १९ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा १६ अंक जोडेको खुमल्टार तालिकाको दोस्रो स्थानमा छ । अंक बाँडेका पुल्चोक र भगवतीको समान ७ खेलबाट अंक तालिकामा क्रमसः २ र ६ अंक भएको छ ।

पुल्चोक तालिकाको पुच्छारमा रहेको छ भने भगवती नवौं स्थानमा यथावत छ । प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा ब्वाइज युनिय क्लब र नयाँ बस्ती तथा दोस्रो खेलमा झम्सीखेल युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।