सरकारको शैली नसच्चिए पूर्वराजाको जस्तै हालत बनाइदिने देउवाको चेतावनी

news

सुनसरी, भदौ २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको शैली नसच्चिए पूर्वराजाको जस्तै हालत बनाइदिने चेतावनी दिएका छन् ।

बुधबार धरानमा आयोजित नगरसभालाई सम्बोधन गर्दै उनले मुलुक संघीयतामा गइसक्दा पनि सम्पूर्ण अधिकार केन्द्रमै राखेको भन्दै सरकारले संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाए ।

आउँदो मंसिर १४ गते हुन लागेको धरान उपमहानगरपालिकाको मेयरको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउन पनि उनले आग्रह गरे ।

कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले ‘उखान–टुक्काले देश समृद्ध हुँदैन’–भने ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...