सरकारको काम देखेर जनतामा वितृष्णा बढ्यो : पौडेल

news

तनहुँ, भदौ २५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारको काम देखेर जनतामा वितृष्णा बढेको दाबी गरेका छन् ।

बुधबार तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा उनले दुईतिहाइको वर्तमान सरकारले केही गर्न नसक्दा जनताले विकल्प खोज्न थालेको जिकिर गरे ।

बसाइँसराइलाई रोक्न गाउँ–गाउँमा रोजगारी र विकास गर्नुपर्नेमा उनको जोड थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...