
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जांदै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्र झापा–५ का ३६ वटा योजनाको शिलान्यास र उद्घाटनका लागि प्रधानमन्त्री ओली गृहजिल्ला जान लाग्नु भएको हो ।
प्रधानमन्त्री ओलीले चीन नेपाल औद्योगिक पार्कको शिलान्यासका गर्दै हुनु हुन्छ । दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई चीन–नेपाल मैत्री औद्योगिक पार्क नाम दिइएको छ ।
६४ अर्ब लगानी रहने पार्क पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ । प्रधानमन्त्री ओलीले आजै झापाको रतुवा खोलामा निर्माण गरिएको पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उहाँ आझै काठमाडौं फर्कनु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्