
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेता रघुजी पन्तले दिएको अभिव्यत्तिप्रति राष्ट्रियसभा सदस्य कोमल वलीले कडा आपति जनाउनु भएको छ ।
सामाजिक सञ्जाल टुईटरमार्फत वलीले पन्तले दिएको अभिव्यत्तिप्रति आपत्ति जनाउदै लेख्नुहुन्छ ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदो रहेछ’ भन्ने बल्ल आएर खुलेको छ ।’
वलीले पन्तलाई प्रश्न गर्नुहुन्छ , ‘तपाईंको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरू को कसलाई पिडुंला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ?’
‘के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?’ भन्ने वलीको प्रश्न छ ।
समाजिक सञ्जालमा पन्तले दिएको अभिव्यत्तिको विरोध भइरहेको छ । सामाजिक अगुवा रुपमा समेत रहनु भएका पन्तको अभिव्यत्तिले कम्युनिष्ट नेताहरुमाथि समेत प्रश्न उठेको छ ।
समाजिक सञ्जाल प्रयोगकर्ताहरुले राम्रा कहलिएका नेताबाट यस्तो अभिव्यत्ति आउनुले उहाँहरुले महिला नेतृहरुलाई हेर्ने सोचमाथि पनि प्रश्न उठाएका छन् ।
प्रतिक्रिया दिनुहोस्