२२ असार २०८२, आइतबार | Mon Jul 7 2025


राहत वितरण स्थगित गरेर श्रमकेन्द्रित रोजगारीको व्यवस्था गर्न मुख्यमन्त्रीको निर्देशन


13
Shares

नवलपुर, जेठ ३ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले ‘क्वारेन्टाइन’स्थल निर्माणमा लाग्न पश्चिम नवलपरासीका स्थानीय तहका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

कोरोना संक्रमण रोक्न स्थानीय तहले अहिलेसम्म सञ्चालन गरेका गतिविधि र समस्याकाबारेमा जानकारी लिन शनिबार पश्चिम नवलपरासीको सुनवल पुगेका मुख्यमन्त्री पोखरेलले क्वारेन्टाइनस्थल निर्माणमा जोड दिनुपर्ने बताए ।

मुख्यमन्त्री पोखरेलल स्थानीय तहले राहत वितरणमा होडबाजी गरेको भन्दै राहत वितरण स्थगित गरेर उनीहरुलाई श्रमकेन्द्रित रोजगारीको व्यवस्था गर्न निर्देशन दिए ।

संक्रमितहरुको उपचारका लागि प्रदेश सरकारले निर्माण गरेका चारओटा कोरोना विशेष अस्पतालमा बिरामीहरु भरिएकाले थप अस्पताल निर्माण गरिने मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरी, जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सदस्यहरु, जिल्लाका सातओटै स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, जिल्लास्थित सुरक्षा निकायलगायतको सहभागिता थियो ।