
काठमाडौं । नेकपाको दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल अदालतको अवहेलना मुद्दामा आफै लिखित जवाफ पेश गर्न आज सर्वोच्च अदालत जाँदै हुनुहुन्छ ।
सर्वोच्चले अध्यक्ष दाहाललाई अदालतको अवहेलना मुद्धामा आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
केही दिन अघि काठमाडौंको शान्ति वाटिकामा आयोजित सभामा प्रचण्डले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठह¥याउने काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिनु भएको थियो ।
उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले सर्वोच्चमा मुद्दा दर्ता गर्नुभएको थियो । प्रचण्डको अभिव्यक्तिले न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामाथि गम्भीर असर पार्ने रिट निवेदनमा जिकिर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्