
काठमाडौं । सोमबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भएर प्रदेश १ का केही स्थानमा हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंमा पनि आज आंशिक बदमी रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १० दशकलव ४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
आज बिहान सूर्योदय ६ बजेर २८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्