
काठमाडौं । नेकपा दाहाल- नेपाल समूहका नेता रघुजी पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीका विषयमा आफुले दिएको टिप्पणीबारे माफी माग्नु भएको छ ।
इमेजसँग कुरा गदै नेता पन्तले नराम्रो आशयले नबोलकेको भन्दै वलीलाई फोन गरेर समेत माफी मागिसकेको बताउनुभयो ।
‘मेरो मुखबाट निस्केको केही शब्दले उँहालाई जुन चोट पुग्न गयो त्यसको दुख व्यत्त गर्छु’, उहाँले भन्नुभयो ‘मेरो आशय त्यस्तो थिएन, त्यसको लागि माफी माग्छु ।’
राजनीति गर्नेले केही बोल्दा विचार गर्नुपर्ने भन्दै बोलेका कुरा गलत भए बोलिसकेपछि पनि सच्याउनुपर्ने तर्क पन्तको छ। त्यसैअनुसार आफुले वलीसँग माफी मागेको पन्तले बताउनुभयो । लोकतन्त्रमा बोल्न पाइने तर आफुले बोलेका कुराले कसैलाई चोट पर्छ भन्ने सच्याउन सक्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘आफुलाई सच्याउनका लागि सरी भन्दा केही फरक पर्दैन, सरी भन्दैमा कोही सानो हुदैन, सरी भन्दा लोकतान्त्रिक संस्कार देखिन्छ ।’
भिडियो इडिट गरेर आफुलाई चित्त नबुझेको मान्छेका बारेमा भिडियो राख्ने संस्कार बढेको पनि उहाँको भनाई छ । तर आफुले बोलेको केही शब्दले आफुलाई नै असहज महसुस भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले केही शब्द प्रयोग नगर्नुपथ्यो, पछि भिडियो हेर्दा र साथीहरुले भनेपछि महसुस गरे, माफी पनि मागे ।’
एक अर्को प्रसंगमा नेता पन्तले प्रधानमन्त्रीले आफुले गरेको गल्ती स्वीकार गदै माफी माग्नुपर्ने बताउनु भएको छ । सर्वोच्चले असंवैधानिक ठहर गरेपछि राजिनामा दिनु उपयुत्त भएको बताउदै उहाँले माधव, प्रचण्ड भएको भएपनि आफुले राजीनामा माग्ने दावी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्