
एजेन्सी । स्पेनिस लिग फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग ५ अंकको अग्रता बनाएको छ ।
गएराति भएको खेलमा भियारियाललाई २–० ले हराउँदै एथ्लेटिकोले उपाधि दाबेदारी बलियो पारेको हो ।
खेलमा एथ्लेटिकोलाई विजयी गराउन हुँवा फेलिक्सले एक गोल गर्दा भियारियालका अल्फन्सो पेड्राजाले एक आत्मघाती गोल गरेका थिए ।
जितसँगै एट्लेटिकोले २४ खेलबाट ५८ अंक जोडेको छ । एक खेल बढी खेलेको बार्सिालोना ५३ अंकसहित दोस्रो स्थानमा छ ।
तेस्रो स्थानको रियाल मड्रिडको ५२ अंक छ । रियालले पनि बार्सिलोनाले भन्दा एक खेल कम खेलेको छ ।
प्रतिक्रिया दिनुहोस्