१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


फेरिँदै म्याग्दीको ग्रामीण जीवनशैली


0
Shares

म्याग्दी । म्याग्दीका युवाहरु व्यावसायिक फलफूल खेती र पशुपालनमा लागेपछि यहाँको ग्रामीण जीवनशैलीमा परिवर्तन आउन थालेको छ ।

म्याग्दीका ६ वटै स्थानीय तहहरुमा फलफूल र पशुपालनतर्फ युवाहरुको आकर्षण बढ्दै गएको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनु भयो ।

विदेशबाट फर्केर कृषिमा लागेका युवाहरु पशुपालन, तरकारी र फलफूल खेती, साना तथा घरेलु उद्योग र अन्य व्यापार–व्यवसायमा लागेका छन् ।

विगत ५ वर्षको अन्तरालमा म्याग्दीमा फलफूल र पशुपालन व्यवसायले निकै फड्को मारेकोले फलफूल, तरकारी तथा दुधधजन्य र मासुजन्य चीजहरुबाट जिल्लामा वार्षिक करोडौं रुपैयाँ आम्दानी हुन थालेको छ ।