२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संसद बैठक फागुन २३ मा बोलाउन सिफारिस गर्ने सरकारको निर्णय


0
Shares

cabinet meeting

काठमाडौं । सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बाुलवाटारमा सोमबार बसेको बैठकले संसद बैठक बोलाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २४ गतेसम्म संसद् अधिवेशन आह्वान गरिसक्नुपर्नेछ ।

बैठकको मितिबारे यसअघि पनि मन्त्रिपरिषदमा छलफल भएपनि आजको बैठकले २३ गते अपरान्ह ४ बजे बस्ने गरी बैठक बोलाउन सिफारिस गर्ने औपचारिक निर्णय गरेको हो ।

यो निर्णयपछि मात्र सरकारले राष्ट्रपतिलाई पत्राचार गर्नेछ ।