
फाइल फोटो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) का दाहाल-नेपाल समूहको सचिवालय बैठक सिंहदरबारमा बसेको छ।
सरकारले फागुन २३ गते प्रतिनिधि सभा बैठक राख्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्यसबारे धारणा बनाउन भन्दै दाहाल-नेपाल समूह बैठकमा बसेको हो ।
नेकपा संसदीय दलको कार्यालयमा जारी बैठकमा दाहाल-नेपाल समूह आफ्नो रणननीति बनाउन लागेको छ ।
बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।
प्रतिक्रिया दिनुहोस्