१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहाल-नेपाल समूहले गर्‍यो दुई निर्णय,भोलि नै बैठक आह्वान हुनसक्ने


0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले तत्काल दलको आधिकारिकता निरूपण गरिदिन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने भएको छ ।

दाहाल-नेपाल समूहको सोमबार बिहान सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले पार्टीको आधिकारिकता निरुपण नहुँदा कानुनी उल्झन खडा भएको भन्दै छिनोफानो गरिदिन आग्रह गर्ने निर्णय गरेको हो ।

त्यसैगरि, बैठकले तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आह्वान गर्ने निर्णय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार बैठक भोलि नै आह्वान हुनसक्ने छ ।