२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय कमिटी बैठक बुधबार बस्ने


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ ।

सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले दुवै कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकले आगामी बुधबार पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा स्थायी कमिटी र केन्द्रीय कमिटीको दुवै बैठक बोलाउने निर्णय गरेको जनाइएको छ ।

विकसित पछिल्ला राजनीतिक घटनाक्रमहरूबारे छलफल गर्न बैठक बोलाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरूले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति निर्वाचन आयोगलाई अनुरोध गरेको जानकारी गराइएको छ ।