
कपिलवस्तु । कानुनविपरित बालुवा उत्खनन् गर्ने १० वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुद्धभूमी नगरपालिका– १० विजगौरीबाट कानुनविपरित बालुवा उत्खनन् गरी ओसारपसार गरिरहेको १० वटा ट्याक्टरका चालकसहित ट्याक्टरलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको हो ।
डेरुवा पुल नजिकको नजिकै बालुवा उत्खनन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पुलको ५ सय मिटर आसपास नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने कानुनी व्यवस्था छ ।
नियन्त्रणमा लिइएका ट्याक्टर चालकलाई जिल्ला समन्वय समिति कपिलवस्तुमा नियम अनुसार जरिवानाका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्