
एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनको स्वास्थ्यमा समस्या आएपछि उनका शुभचिन्तहरूले उनलाई स्वास्थ्य लाभको कामना गरेका थिए ।
अमिताभले आफ्नो ब्लगमा आफ्नो सर्जरी हुन लागेको जानकारी दिएका थिए । उनले धेरै कुराको जानकारी नदिइ ‘मेडिकल कन्डिसन…सर्जरी… धेरै केही लेख्न मिल्दैन’ लेखेका थिए ।
हालै सार्वजनिक भएको एक ब्लगमा अभिताभले आफ्ना शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेका छन् । उनले राखेको पछिल्लो तस्वीरमा कानामा टेपजस्तो केही लागेको देख्न सकिन्छ । तस्वीर हेर्दा उनको स्वास्थ्यअवस्था सामान्य भएको अनुमान लगाउन सकिन्छ ।
यद्यपि उनले यसबारेमा केही पनि लेखेका छैनन् । उनले ब्लगमा लेखेका छन्, ‘तपाईंहरूको आर्शिवाद र चिन्ताको लागि माया र आभार ।’
अमिताभले के रोगका लागि सर्जरी गरेका हुन् भन्नेबारे अहिलेसम्म कुनै पनि भारतीय मिडियामा समाचार आएका छैनन् । यद्यपि सबैले सर्जरी भने भएको उल्लेख गरेका छन् । प्राय सामाजिक सञ्जालमा सक्रिय भइरहले उनी पुनः सामाजिक सञ्जालमा सक्रिय भएका छन् ।
प्रतिक्रिया दिनुहोस्