२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

डोजरले फालेको माटोले पुरिएर महिलाको मृत्यु


0
Shares

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर एक महिलाको मत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी–१ की ४५ वर्षीया सरस्वती कुमाल हुन् । सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्ने क्रममा महिला पुरिएको जिल्ला प्रहरी कार्यालयका धादिङले जनाएको छ ।

शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोे छ ।