२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अछाममा भाइरल ज्वरो, ५ दिनकाका लागि विद्यालय बन्द


0
Shares

अछाम । मंगलसेन नगरपालिका–११ जुपु वलडाँडास्थित कालिका माध्यामिक विद्यालय ५ दिनका लागि बन्द गरिएको छ ।

शिक्षक र विद्यार्थीमा एक्कासी भाइरल ज्वरोको प्रकोप देखिए पछि विद्यालयको पठनपाठन फागुन २१ गते सम्मका लागि बन्द गरिएको हो ।

करिब १ हप्तादेखि दैनिक शिक्षक र विद्यार्थीलाई ज्वरो आउने, पेट दुख्ने, बान्ता आउने, टाउको दुख्ने लगायत लक्षण देखिएको थियो ।

विद्यालयमा भाइरल ज्वरोको प्रकोप पछि जिल्ला अस्पताल र जुपु स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको छ ।