
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री के पी शर्मा ओलीलाई राजीनामा दिनबाट रोकेको बताउनुभएको छ ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री ओलीलाई राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाट भएको दाबी गर्दै राजीनामा नगर्ने स्पष्ट पार्नुभएको हो ।
प्रतिनिधि सभाको बैठक आह्वान भइसकेकाले संसदीय प्रक्रियाबाट प्रधानमन्त्री अघि बढ्ने उहाँको भनाइ छ । मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।
प्रधानमन्त्रीलाई राजीनामा गर्न दबाब दिनेहरूलाई आफ्नो राजनीतिक पृष्ठभूमि हेरेर राजनीतिबाट नै सन्यास लिन पनि उहाँले सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्